आहा! सुन्दै आन्नद आउने
खै कहिले देखु देखु हुने
मन नै खलबलाउने गरी
उस्कै चित्रण घरी घरी हुने
चन्चल मनको चन्चल सपनी
झलमल शहरको अलमल कहानी ।।
बेमौसमी फलको स्वाद झै
कता कता छिपछिप मनमा
उस्कै लहरका गुनगान गाउने
रमेकै छन् ,कमाएकै छन्
शब्द सुन्दा मन नै कता कता
भक्कानीएर झलमल शहरमा अलमलाउने ।।
हो! म पनि त्यही बाटो गल्ली हुदै
सपनाका पोकाहरू धोक्रोमा राखी
उस्कै पछि लागे उज्ज्वल सपनी बोकी
खै कस्तो छ , कहाँ छ , के छ त्यहाँ त्यस्तो
झलमल शहरको विरानो बाटो
झलमल शहरको बिरानो बाटो !
ठोक्किदै छु म निर्वस्त्र सपनामा उस्तै
धाउदै छु कलम र कपी बोकी सस्तै
म पनि उस्तै भए सस्तो खै कस्तो कस्तो
मग्न त्यी खोक्रो शब्दका अक्षर जस्तो
भुलभुलैया रहेछ चर्चा सबथोक यहाँ
दलदलमा फुलेको फुल रहेछ कहानी यस्तो ।।
म गलेको छु उस्तै छट्पटाहटमा सम्झेर भोली
गोली ठोकेको छ यो छातीमा सम्झेर होली
खै! उठ्छु या उठ्दैन म बज्रप्रहार भएको छ
सपनी सबै चितामा लम्पसार परेको छ
बिन्ती छ दागबत्ती पाऊ है ए! झलमल शहर
तिम्रो शहर रहेछ अलमल कहर अलमल कहर ।।
लेखक: समिप आचार्य
✍️यात्री
प्रतिक्रिया दिनुहोस