after_navbar

भदौ २४ का घटनाको निष्पक्ष छानबिन गर्न नेकपाको माग


४ घण्टा अगाडि


काठमाडौ,२४ भदौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गत भदौ २३ को नवयुवा आन्दोलन र त्यसको भोलिपल्ट भएका तोडफोड, आगजनी तथा लुटपाटका घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्तिमार्फत भदौ २४ लाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन का रूपमा चित्रण गर्दै सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, सरकारी तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिमा भएका आगजनी तथा लुटपाटको अनुसन्धान गर्न माग गरेका हुन् ।

प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्दै दोषीमाथि कानुनी कारबाही गर्न पनि आग्रह गरेका छन् । नवयुवाले उठाएको सुशासन र परिवर्तनको अपेक्षा पूरा हुन नसक्दा नागरिक फेरि निराश बनेको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस

data-href="