after_navbar

हिमालका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत


असार १३, २०८१


दाङ, १२ असार। तुलसीपुरमा रहेको हिमाल एकेडेमीले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। विद्यालयले जेठ महिनामा आयोजना गरिएका विभिन्न कार्यक्रममा विजयी भएका विद्यार्थीहरूलाई नगद ,पदक नगद र सम्मानपत्रले पुरस्कृत गरेको हो।

जस अन्तर्गत कक्षा ४ बाट आयुष बुढाथोकी, कक्षा ५ बाट भूमिका सिंह, कक्षा ६ बाट जेनिस चौधरी ,कक्षा ७ बाट प्रणभ लामिछाने ,कक्षा ८ बाट एलिस बुढाथोकी, कक्षा ९ बाट दीपशिखा कार्की र कक्षा १० बाट ठाकुरप्रसाद रावतलाई उत्कृष्ट विद्यार्थी अवार्डबाट प्रस्तुत गरिएको हो।

त्यसैगरी स्काउट लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेशस्तरीय वक्तृत्वकलामा तृतीय स्थान हासिल गर्न सफल हिमाल एकेडेमी स्काउटकी सौम्या पराजुलीलाई नगद ५ हजार रुपैयाँ  सहित सम्मान गरिएको हो।

विद्यालयले चित्रकलाप प्रतियोगिता तथा लोकगीत गायन प्रतियोगितामा विजयी भएका विद्यार्थीहरूलाई पनि पदक तथा प्रमाणपत्रले सम्मान गरेको थियो।

विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका हेड सर नवीनकुमार पराजुली सहायक प्रधानाध्यापक राधा पोखरेल सञ्चालक समिति सदस्य गणेश अधिकारीले विद्यार्थीको चौतर्फी विकासमा अतिरिक्त क्रियाकलापको महत्त्वपूर्ण भूमिका रहने बताएका थिए।

उनीहरूले सामूहिक प्रयासबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने समेत बताए ।कार्यक्रमको सहजीकरण विद्यालय संयोजक द्रोण चन्दले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="