after_navbar

काभा लिग: सेमिफाइनलमा नेपाल र इरान भिड्ने


श्रावण २१, २०८१


काठमाडौँ,२१ साउन। काभा वुमन्स नेसन्स लिगमा नेपाल र इरानविच प्रतिस्पर्धा हुने भएको छ । भारतले सोमबार श्रीलंकाविरुद्ध ३-० को सोझो सेटमा पराजित गरेसँगै सेमिफाइनलमा नेपाल र इरान भिड्ने भएका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भारतले खेल २५-१३, २५-२१, २५-२० ले आफ्नो पक्षमा पर्यो।

यो जितसँगै भारतले चार खेलमा १० अंक जोड्दै शीर्ष स्थान पक्का गरेको छ। पराजित श्रीलंका समान खेलबाट चार अंकका साथ चौथो स्थानमा छ। सेमिफाइनलमा पनि यी दुई टोली नै भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस

data-href="