लक्ष्मण बस्नेत, दाङ । दाङको तुलसीपुरमा खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ। फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा अरनीको खेलमैदान तुलसीपुरमा भलिबल प्रतियोगिता हुनेछ। प्रतियोगिता आउँदो भदौ १३ गतेदेखि सुरु हुनेछ।
नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत अन्य जिल्लाका १५ बढी टिमको सहभागिता रहने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरिले जानकारी दिएका छन्।
३ दिन सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ३० हजार र १५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिने एरीले बताए।
त्यस्तै प्रतियाेगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ । जसअनुसार बेष्ट प्लेयर, बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर र वेष्ट लिब्रो लाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
यसै बीच आयोजक फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरले प्रतियोगिताको तयारीलाई तीव्र पारेको जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस