दाङ,१३ असोज । दाङको तुलसीपुरमा एक सातासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण तुलसीपुरले एक विज्ञप्ति जारी गर्दै एक सातासम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी गराएको हो। असोज १४ गतेदेखि २० गतेसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजे सम्म विद्युत हुने भएको प्राधिकरणको सूचनामा उल्लेख छ। :
तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्ने विभिन्न ३३ केभी र ११ केभी फिडरहरूमा आवश्यक मर्मत र फिडर वरपरका रुखका हाँगा तथा रूखहरू काट्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने बताइएको छ ।
प्राधिकरणले तुलसीपुर सबस्टेसन हापुरे सबस्टेसन र अस्वारा सबस्टेसन अन्तर्गतका सबै फिडर वरिपरिका रुखका हाँगाहरू काट्नुपर्ने भन्दै विद्युत अवरुद्ध हुने जानकारी गराएको हो।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले आइतबार एक सूचना जारी गरी विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस