माघ २८ दाङ । हिमाल ईन्टर हाउस खेलकुद सप्ताह हिमाल रनिङको बिजेता ब्लु हाउस भएको छ ।
विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आयोजित सप्ताह ब्यापी खेलकुद कार्यक्रममा १२ स्वर्ण,९ रजत र ९ कास्य पदक हात पार्दै ब्लु हाउसले हिमाल ट्रफी २०८१ जितेको हो ।
त्यस्तै ग्रीन हाउस ८ स्वर्ण,६ रजत, ८ कास्य पदकका साथ दोस्रो,रेड हाउस ४ स्वर्ण,७ रजत,४ कास्य पदक हात पार्दै तेस्रो भयो । भने एल्लो हाउस ४ स्वर्ण,४ रजत र ५ कास्य पदक साथ सान्त्वना भएको विद्यालयका सहायक प्रिन्सिपल ए मुकेश कुमारले जानकारी दिए । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने प्लस टु छात्रा तर्फ स्मृति चौधरी, छात्रमा दिनेश चौधरी,मावि छात्रा तर्फ रेणुका चौधरी,छात्रमा बाबुराम चौधरी,निमावि छात्रा तर्फ आयुष्मा वलि र छात्रमा प्रनिस बिष्ट सर्बोउत्कृष्ट खेलाडी घोषित भए ।
विद्यालयका प्रिन्सिपल मधुसुन केसीको अध्यक्षता तथा लुम्विनी प्रदेश खेलकुद परिषद्का सदस्य मुक्तिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यथामा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न भेषभुषा कला सस्कृती झल्कने नृत्य, मार्सल आर्ट तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए । सो अवसरमा बिजेता हाउस तथा खेलाडिलाई पुरस्कार, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक सनोद थापाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस