after_navbar

तुलसीपुर महोत्सवमा आज अनु ,गोपाल र सुनिता आउँदै


फागुन १५, २०८१


दाङ,१५ फागुन । दाङको तुलसीपुरमा जारी दोस्रो कृषि पर्यटन सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८१ को १५औ दिन पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ। महोत्सवमा बिहिबार चर्चित कलाकारहरू अनु चौधरी,गोपाल नेपाल (जी.एम.), र सुनिता परियारले प्रस्तुति दिने भएका छन्।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालनमा रहेको महोत्सवमा कृषि, पर्यटन, संस्कृति र व्यापार प्रवर्द्धनका विविध कार्यक्रमहरू भइरहेका छन्।

पन्ध्रौँ दिनको मुख्य आकर्षणका रूपमा राष्ट्रिय कलाकारहरूको धमाकेदार प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूका प्रस्तुति, लोकदोहोरी, सामूहिक लोकनृत्य, बालउद्यान, आकर्षक थारु गाउँ, रोटे पिङ लगायतका मनोरञ्जनात्मक गतिविधिहरू समेत रहनेछन्।

महोत्सवको यस विशेष कार्यक्रममा उद्घोषकको रूपमा माधवी जी.एम., सन्तोष के.सी., र कोष खड्का रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी गराए।

महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवर्द्धन गर्न आयोजकले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="