after_navbar

खुला पुरुष फुटबल प्रतियोगिता हुने


जेठ ०८, २०८२


लक्ष्मण बस्नेत,७ दाङ। दाङको तुलसीपुर प्रथम तुलसीपुर कप खुला पुरुष फुटबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।

तुलसीपुर ब्वाइजको आयोजनामा अरनिको खेल मैदानमा संचालन हुने प्रतियोगिता जेठ २० गतेदेखि सुरु हुने आयोजकले जनाएका छन्।

स्थानीय तहमा फुटबल खेलको विकास, नयाँ प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको विजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टोलीले भने नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत विधामा ‘वेष्ट प्लेयर’लाई नगद ३ हजार रुपैयाँसहित ट्रफी, ‘वेष्ट डिफेन्स’, ‘वेष्ट किपर’ र ‘हाइ स्कोरर’ लाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई पनि ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताका संयोजक फर्सा घर्तीमगरका अनुसार पाँच दिनसम्म चल्ने प्रतियोगितामा १२ भन्दा बढी टिमको सहभागिता रहनेछ। सहभागी टिमहरूले जेठ १८ गतेभित्रमा ५ हजार रुपैयाँ दर्ता शुल्क तिरेर टिम दर्ता गर्नुपर्नेछ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस

data-href="