after_navbar

तुलसीपुरमा ‘विजय मोबाइल स्टोर ‘ सञ्चालन


असार ०५, २०८२


दाङ,५ असार । दाङको तुलसीपुरमा ‘विजय मोबाइल स्टोर ‘ सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका–५ स्थित क लाइनमा सञ्चालक विजय ओलीले झण्डै ५० लाखको लगानीमा मोबाइल तथा मोबाइल सम्बन्धित सेवा प्रदान गर्ने उद्देश्यसहित पसल सञ्चालनमा ल्याएका हुन्।

स्वदेशमै केही गर्ने दृढ संकल्पका साथ आफूले व्यवसाय सुरु गरेको बताउँदै सञ्चालक ओलीले भने, “दशौँ हजार युवाहरू रोजगारीको खोजीमा विदेश गइरहेका बेला म स्वदेशमै केही गरेर देखाउने सपना बोकेर अघि बढेको हुँ। मोबाइल क्षेत्रमा नयाँ प्रविधि र सेवाको अभाव महसुस भएर यस क्षेत्रमा पाइला राखेको हुँ।”

पसलको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष देवबहादुर केसीले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष केसीले वर्तमान अवस्थामा देशभित्रै केही गर्न चाहने युवाहरूको संख्या बढ्दै गएकोमा खुसी व्यक्त गरे। उनले भने, “देशमा युवा पलायन दिन प्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा स्वदेशमै केही गर्ने आँट र साहस देखाउने युवा व्यवसायीहरू सबैका लागि प्रेरणाको स्रोत हुन्।”

केसीले स्थानीय सरकार, समुदाय तथा संघ–संस्थाले यस्ता पहल गर्ने युवालाई प्रोत्साहन गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए।

पसलमा विभिन्न ब्राण्डका स्मार्टफोन, मोबाइलका एसेसोरिज, र मरम्मत सेवा उपलब्ध हुने सञ्चालक ओलीले जानकारी दिए। उनले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="