after_navbar

कुवेत जान लागेका ४७ नेपाली महिलालाई भारतबाट फर्काइयो


श्रावण १०, २०८२


काठमाडौँ,९ साउन । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ। ती महिलाहरूले आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC)’ नलिएर यात्रा गर्न खोजेकाले दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नियन्त्रणमा लिइएको हो।

दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहितको टोलीले ती महिलाहरूलाई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देहीको सुनौली नाकामा पुर्‍याई स्थानीय प्रशासनको जिम्मा लगाएको हो। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरी टोलीले काठमाडौँ ल्याउँदैछ।

यस घटनापछि गृहमन्त्री रमेश लेखकले गम्भीर ध्यान दिँदै मानव बेचबिखन अनुसन्धान ब्युरोलाई कडा अनुसन्धान गर्न निर्देशन दिएका छन्। गृह मन्त्रालयका अनुसार, अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउने गिरोहबारे गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न मन्त्री लेखकले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="