after_navbar

भारतविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली महिला टोलीको प्रारम्भिक घोषणा


असोज १०, २०८२


काठमाडौँ,१० असोज । भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा गरिएको छ।

शुक्रबार नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले ३५ खेलाडीको नामावली सार्वजनिक गरेका हुन्। नेपाल र भारतबीच कार्तिक ९ गते सिक्किममा मैत्रीपूर्ण खेल हुने तय भएको छ।

घोषित प्रारम्भिक टोलीमा गोलकिपरमा एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशिला चौधरी र लिला जोशी परेका छन्।

डिफेन्डरतर्फ निशा थोकर, समीक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला बिक, पूजा राना, अमृता जैसी, सजनी ठोकर, हिराकुमारी भुजेल र नेहा कुमारी चौधरीलाई स्थान दिइएको छ।

मिडफिल्डरमा बिमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहरा, सेनु परियार र सुक्रिया मियाँ परेका छन्।

त्यस्तै, फरवार्ड लाइनमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, मीना देउवा, पूर्णिमा राई, जेनिफर मगर र स्टार स्ट्राइकर साबित्रा भण्डारीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="