after_navbar

नवगठित नेकपाले देशभर एकता सन्देश सभा गर्ने


मङि्सर ०१, २०८२


काठमाडौ,३० कार्तिक । नवगठित नेपाली कम्युनिष्ट पार्टी ले देशभर ‘एकता सन्देश सभा’ संचालन गर्ने भएको छ।

आइतबार पेरिसडाँडामा बसेको उपलब्ध पूर्व पदाधिकारीहरूको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा कार्यक्रम सुरु गर्ने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए।

उनका अनुसार पार्टी एकताको सन्देश व्यापक रूपमा प्रवाह गर्न अपिल प्रकाशित गर्ने तथा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै संगठनलाई एकढिक्का बनाउने निर्णय भएको छ। निर्देशनमा एकता सन्देश सभाको मोडालिटी समेत समावेश गरिने जनाइएको छ।

खनालले एकता सन्देश सभाहरू पार्टीभित्रका मतभेद विरुद्ध नभई, आम जनतालाई जागृत र सङ्गठित गर्दै समाजवादको मार्गमा ‘अर्जुनदृष्टि’का साथ अघि बढ्ने अभियान भएको बताए।

यसबाहेक, उनले अशोक राई र उपेन्द्र यादव नेतृत्वका पार्टीहरूसँग एकीकृत हुनेबारे संवाद भइरहेको उल्लेख गर्दै केही समयभित्र सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे।

खनालले आफूहरूको पार्टीलाई सबै पुस्ताले प्रतिनिधित्व गर्ने पार्टी भएको जिकिर गर्दै “बुढाहरूको पार्टी भन्ने आधार नै छैन,” भन्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस

data-href="