काठमाडौ,१ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरेकी छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित रंगीन कार्यक्रममा प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो।
उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगायत खेलकुद क्षेत्रका वरिष्ठ व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदा त्रिवि मैदान उत्साहले भरिएको थियो।
उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले टस जितेर साविक विजेता जनकपुर बोल्ट्सलाई फिल्डिङ गरिरहेको छ।
क्यानको आयोजनामा सुरु भएको एनपीएल यही मंसिर २७ गतेसम्म चल्नेछ। यस संस्करणमा आठ टोली प्रतिस्पर्धामा छन्।
एनपीएललाई नेपाली क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्याउने प्रमुख फ्रान्चाइज प्रतियोगिताका रूपमा हेरिन्छ।
प्रतिक्रिया दिनुहोस