दाङ,२५ माघ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–स्थित १० किलोमा दुई वटा बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने केही यात्रु घाइते भएका छन्।
दाङबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट त्रिशूलीतर्फ जाँदै गरेको बागमती प्रदेश ००६ ख ५२०८ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो।
ठक्करपछि अनियन्त्रित बनेको दाङबाट काठमाडौँ जाँदै गरेको बस सडकछेउको एक स्थानीयको घरभित्र पसेको थियो। घरभित्र छिरेको बसको ठक्करबाट चिया पिउँदै गरेका एक स्थानीयको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा ५१ वर्षीय राजु थापा गम्भीर घाइते छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाले जानकारी दिएका छन्।
प्रहरी चौकी महादेव बेशी र इप्रका खानीखोलाको प्रहरी टोलीले बिहान ८ बजेबाट एकतर्फीरुपमा राजमार्गमा यातायात सञ्चालनमा ल्याएको छ । दुवै बसका चालक प्रहरीको नियन्त्रणमा छन्
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस