after_navbar

गर्भपतन गराउँदा गर्भवती महिलाको मृत्युः तीनजना पक्राउ


२ घण्टा अगाडि


दाङ,८ वैशाख। क्लिनिकको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएपछि तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा क्लिनिकको लापरबाहीको कारण मृत्यु भएको भन्दै जाहेरी परेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

ad

बगनासकाली गाउँपालिका–२ की ३१ वर्षीया गीता पाण्डेको गर्भपतन गराउने क्रममा स्वास्थ्य बिग्रिएपछि मृत्यु भएको हो। उनी करिब १२ हप्ताकी गर्भवती थिइन्।

प्रहरीका अनुसार चैत २७ गते प्रारम्भिक जाँच गराएकी पाण्डे वैशाख ५ गते फलोअपका लागि बुटवल आएकी थिइन्। एक क्लिनिकबाट अर्को क्लिनिकमा पठाइँदै अन्ततः औषधि प्रयोग गरेपछि उनको अवस्था गम्भीर बनेको थियो।

गम्भीर अवस्थामा उनलाई लुम्बिनी सिटी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा सन्ध्या बस्नेत, निलम घर्तीमगर र खगेन्द्र पाण्डेलाई पक्राउ गरिएको निशान्त श्रीवास्तवले जानकारी दिए। अन्य दुई जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने तयारी भइरहेको छ।

परिवारले क्लिनिकहरूले जिम्मेवारी नलिई असुरक्षित रूपमा औषधि प्रयोग गर्दा मृत्यु भएको आरोप लगाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="