after_navbar

राप्तीमा घडियालका ७ गुँडबाट १९५ अण्डा संकलन


३ घण्टा अगाडि


दाङ,१४ वैशाख । राप्ती नदीमा भेटिएका घडियाल गोहीका गुँडमध्ये सात गुँडबाट १९५ वटा अण्डा संकलन गरिएको छ।

ad

चितवन राष्ट्रिय निकुञ्जले चैत १ गतेदेखि गुँड खोज्ने क्रममा भेटिएकामध्ये आइतबार जोखिमयुक्त गुँडबाट अण्डा संकलन गरेको जनाएको छ।

सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानवीय तथा वन्यजन्तुको खतरा भएका गुँडबाट मात्रै अण्डा संकलन गरिन्छ भने सुरक्षित स्थानका गुँडलाई प्रकृतिमै छोडिन्छ।

संकलित अण्डालाई गोही प्रजनन केन्द्रमा लगेर कोरल्ने प्रक्रिया सुरु गरिएको छ। त्यहाँ कोरिएका गोहीलाई करिब पाँच वर्षपछि पुनः नदीमा छाड्ने गरिन्छ।

गत वर्ष १८ गुँडबाट २३२ अण्डा संकलन गरिएको थियो। यस वर्ष भने राप्ती नदीमा मात्रै गुँड खोजी गरिएको निकुञ्जले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="