after_navbar

दाङमा दुई पुरुष मृत फेला


चैत ०८, २०८२


दाङ,८ चैत । जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। नेपाल प्रहरीका अनुसार शनिबार दिउँसो उनीहरू मृत अवस्थामा फेला परेका हुन्।

बंगलाचुली गाउँपालिका–६, दाङको सिउडेस्थित जंगलमा सोही स्थानका ७० वर्षीय बिष्णु पौडेल मृत अवस्थामा फेला परेका छन्।

यस्तै राजपुर गाउँपालिका–७, दाङको भैसाही नाकामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="