काठमाडौं ,१३ चैत । वालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता नेपालको प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार रामचन्द्र पौडेलले आज बिहान साहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा ७६ (१) अनुसार एकल सरकार गठनको प्रक्रियाअन्तर्गत साह प्रधानमन्त्री नियुक्त भएका हुन्। नियुक्तिसँगै उनले आजै शपथ लिने तयारी गरेका छन्। शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा शपथग्रहण कार्यक्रम तय गरिएको छ।
शपथ समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहने जनाइएको छ। प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराइने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस