after_navbar

एमाले लुम्बिनी सांसद शर्मा पक्राउ


चैत १६, २०८२


दाङ,१६ चैत । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको धुम्बाराहीबाट शनिबार पक्राउ गरेको हो।

उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ।

यसअघि मुद्दा नचलाउने रायसहितको फाइल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंबाट हुँदै उच्च सरकारी वकिलको कार्यालयमार्फत महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो।

बालिकाको उद्धारका क्रममा काठमाडौं महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि तथा प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पारेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="