काठमाडौ,५ वैशाख । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतको निर्णयपछि आन्तरिक परामर्शमा जुटेका छन्।
सर्वोच्च अदालतले पार्टी आधिकारिकता सम्बन्धी रिट खारेज गरेपछि उनले निकटस्थ नेताहरूसँग छलफल थालेका हुन्।
गोल्फुटारस्थित निवासमा भइरहेको छलफलमा इन्द्रबहादुर बानियाँ र केदार कार्की सहित अन्य नेताहरू सहभागी छन्।
स्रोतका अनुसार खड्काले निकटस्थसँग परामर्शपछि आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। सम्भवतः आइतबारसम्म औपचारिक वक्तव्य आउने जनाइएको छ।
उनी शीर्ष नेताहरूसँग पनि थप छलफल गर्ने तयारीमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस