after_navbar

त्रिभुवन विमानस्थल दैनिक ७ घण्टा बन्द हुने


बैशाख ०८, २०८३


काठमाडौ,८ वैशाख। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द गरिने भएको छ। पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन सोमबार रातिदेखि आगामी जेठ ४ गतेसम्म हरेक राति पौने ११ बजेदेखि बिहान साढे ६ बजेसम्म उडान तथा अवतरण पूर्ण रूपमा रोकिनेछ।

विमानस्थल प्रशासनका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ अन्तर्गत धावनमार्ग नजिकको ट्याक्सीवे निर्माण भइरहेको छ। उडान सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा विमानस्थल बन्द गर्ने निर्णय गरिएको हो।

यस अवधिमा यात्रु तथा उडान प्रभावित नहोस् भन्ने उद्देश्यले हवाई सेवा प्रदायक कम्पनीहरूलाई आवश्यकताअनुसार उडान तालिका समायोजन गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="