काठमाडौ,८ वैशाख। श्रम संस्कृत पार्टीका अध्यक्ष एवंम् सांसद हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले विवादमा मुछिएका गृहमन्त्रीले पदबाट राजीनामा दिनु उपयुक्त हुने बताए। गृहमन्त्रीबारे पटकपटक नयाँ विवाद आउने गरेको भन्दै उनले मार्ग प्रशस्त गर्न सुझाव दिए।
राईले गृहमन्त्रीबारे निरन्तर प्रश्न उठ्नु राम्रो संकेत नभएको पनि उल्लेख गरे। साथै उनले सरकारलाई सुशासन कायम गर्नेतर्फ ध्यान दिन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस