रोल्पा,१३ वैशाख । रोल्पामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। शनिबार राति परेको चट्याङका कारण परिवर्तन गाउँपालिका–४ तातापानीस्थित तुसारवोट बस्तीका ७७ वर्षीय लालु वलीको भएको हो।
प्रहरीका अनुसार राति करिब साढे ८ बजे वलीको घरदेखि करिब ५ मिटर पश्चिमतर्फ रहेको रुखमा चट्याङ परेको थियो। सोही चट्याङको असर घरसम्म पुग्दा घरभित्रै रहेका वलीलाई लागेर घटनास्थलमै मृत्यु भएको हो। चट्याङकै कारण एउटा गोरु पनि मरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस