after_navbar

एन्फाका २० भन्दा बढी पदाधिकारी कालोसूचीमा


बैशाख १३, २०८३


काठमाडौ,१३ वौख । अखिल नेपाल फुटबल संघ (एन्फा)का २० भन्दा बढी पदाधिकारीलाई कालोसूचीमा परेका छन् । अध्यागमन विभागले उनीहरुलाई कालोसूचीमा राखेको हो ।

विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार युवा तथा खेलकुद मन्त्रालयमार्फत गृह मन्त्रालयबाट आएको सिफारिसका आधारमा उनीहरूलाई कालोसूचीमा राखिएको हो। यद्यपि, सम्बन्धित पदाधिकारीहरूको नाम सार्वजनिक गरिएको छैन।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसपछि गृह मन्त्रालय हुँदै अध्यागमन विभागले गएको बिहीबार र शुक्रबार दुई दिनमा पदाधिकारीहरूलाई कालोसूचीमा राखेको जनाएको छ। कालोसूचीमा परेकाहरूले नाम फुकुवा नभएसम्म विदेश यात्रा गर्न पाउने छैनन्।

पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच ‘अर्ली इलेक्सन’को विषयमा विवाद चर्किएको छ। राखेपले खेलकुद विकास ऐन २०७९ विपरीत हुने भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरिसकेको छ।

एन्फाले भने यस कदमलाई तेस्रो पक्षीय हस्तक्षेप भन्दै विरोध गर्दै आएको छ। फिफा र एएफसीले समेत राखेपको निर्णयलाई हस्तक्षेप ठहर गर्दै एन्फालाई निलम्बनका लागि सिफारिस गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="