after_navbar

चट्याङ लागेर प्युठानमा बाबुछोराको मृत्यु


११ घण्टा अगाडि


दाङ,१४ वैशाख । प्यूठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ। चट्याङ लागेर चारजना घाइते भएका छन् । गौमुखी गाउँपालिका- ६ लिवाङमा चट्याङ लागेर ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहोरा क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

ad


दुवैजनाको शव जिल्ला अस्पतालमा राखिएको छ भने
चट्याङकै कारण सोही गाउँपालिकाका अन्य दुई जना घाइते भएका छन्। वडा नम्बर ४ की २४ वर्षीया सिर्जना न्यौपाने र वडा नम्बर ६ की ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ।

यसैबीच, शनिबार माण्डवी गाउँपालिका–२ रातापानीमा पनि चट्याङ लागेर दुई दिदीबहिनी घाइते भएका छन्। २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको समेत जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="