after_navbar

मोटरसाइकलको ठक्करबाट बाबुछोराको मृत्यु


७ घण्टा अगाडि


दाङ,१४ वैशाख । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट बाबुछोराको मृत्युका भएको छ। कपिलवस्तु नगरपालिका–८ मैनीहवामा आइतबार राति लु ३१ प ७५०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३५ वर्षीय गिरजेश कुर्मी र उनका ३ वर्षीय छोरा आयांश कुर्मीको मृत्यु भएको हो।

ad

गम्भीर घाइते भएका दुवै जनाको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका २२ वर्षीय सोनु कोरीलाई थप उपचारका लागि भैरहवा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="