काठमाडौ,१५ वैशाख । इन्डोनेसियाको बेकासी क्षेत्रमा दुई वटा रेल एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्।
स्थानीय समयअनुसार मंगलबार बेलुका करिब ८:५० बजे जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीका रेलहरू ठोक्किँदा दुर्घटना भएको जनाइएको छ।
दुर्घटनापछि प्रबोवो सुबिआन्तोले अस्पताल पुगेर घाइतेहरूलाई भेट्दै समवेदना व्यक्त गरेका छन् र घटनाको छिटो अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्।
रेल अपरेटर केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकको पहिचानका लागि प्रहरी अस्पतालमा राखिएको छ भने घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
घटनाको कारणबारे रेल अपरेटर र राष्ट्रिय यातायात सुरक्षा समितिले अनुसन्धान गरिरहेको जनाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस