after_navbar

वैदेशिक रोजगार विभागमा किर्ते उजुरी प्रकरण: अख्तियार छानबिनमा


बैशाख १७, २०८३


काठमाडौ,१७ वैशाख ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते हस्ताक्षरसहित उजुरी दर्ता गरी सर्वसाधारणलाई दुःख दिएको आरोपमा वैदेशिक रोजगार विभागका अधिकृतहरूमाथि छानबिन सुरु गरेको छ।

विभागका कर्मचारी, प्रहरी र बिचौलियाबीच मिलेमतो गरी वास्तविक दोषीलाई जोगाउने र निर्दोषमाथि दबाब सिर्जना गरेर रकम असुल्ने काम भइरहेको गुनासोपछि अख्तियार सक्रिय भएको हो।

स्रोतका अनुसार बिचौलियाको प्रभावमा परेर कर्मचारीहरूले जबरजस्ती पक्राउ पुर्जी तयार पार्ने, तर्साउने र रकम असुल्ने कार्य भइरहेको भेटिएपछि सम्बन्धित कर्मचारीलाई बयानका लागि बोलाइएको छ।


अख्तियारले निरकुमार विश्वकर्मा, युवराज शर्मा लगायतका कर्मचारीसँग बयान लिइरहेको जनाएको छ। विभागमै नक्कली हस्ताक्षर जुटाएर उजुरी गराउने र निर्दोषलाई फसाउने प्रवृत्ति बढेपछि छानबिन अघि बढाइएको हो।

यसैबीच वैदेशिक रोजगार न्यायाधिकरणले समेत पक्राउ अनुमति दिने विषयमा थप अध्ययन गर्न निर्देशन दिँदै आएको छ।

अस्ट्रेलियामा बसेर नेपाली युवालाई ठगी गरेको आरोप लागेका अनिल दनैसम्बन्धी मुद्दामा पनि विभागले वास्तविक दोषीलाई जोगाएको गुनासो पुगेपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस

data-href="