काठमाडौ,१८ वैशाख । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको विवरण सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रले पछिल्लो पटक २२ जनाको नाम थप्दै सूचीकृत प्रक्रिया पूरा गरेको जनाएको छ।
केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार प्राप्त २५० जनाको विवरणमध्ये मन्त्रालयको मापदण्डअनुसार २२ जनामात्रै प्रमाणीकरण गरी सूचीकृत गरिएको हो। यससँगै जेनजी आन्दोलनमा घाइतेको कुल संख्या २ हजार ६६० पुगेको छ। तीमध्ये देशभरिका ९९ अस्पतालमा उपचार भएको विवरण छ।
मन्त्रालयले अस्पतालको अभिलेख र प्रमाणीकरणका आधारमा मात्र नाम समावेश गरेको जनाएको छ। नयाँ सूचीकृत नामहरू गृह मन्त्रालयमा पठाइएको छ। जेनजी आन्दोलनका घाइतेहरूले अध्ययन कोटा, रोजगारी र उपचारमा सुविधा पाउने व्यवस्था रहेको छ।
प्रतिक्रिया दिनुहोस