दाङ,२०वैशाख । पहिरोका कारण भालुवाङ–प्युठान सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सरुमारानी गाउँपालिका–४ खहरे खोलामा आइतबार बिहान करिब ५ बजेतिर परेको वर्षापछि माथिबाट माटो र ढुङ्गासहितको पहिरो खसेर सडक बन्द भएको प्रहरीले जनाएको छ।
पहिरोका कारण उक्त सडक हुँदै यात्रा गर्ने सवारीसाधन र यात्रुहरू बीचमै रोकिएका छन् भने स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ।
प्रहरीका अनुसार सडक खुलाउने प्रयासका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। मौसममा सुधार आएपछि पहिरो हटाउने काम तीव्र पारेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस