after_navbar

भोलिसम्म एसइई नतिजा सार्वजनिक गर्ने तयारी


४ घण्टा अगाडि


काठमाडाै, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न समयसीमा दिएपछि बोर्डले आवश्यक काम तीव्र बनाएको हो ।

कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षार्थीको प्राप्तांक कम्प्युटरमा इन्ट्री गर्ने काम सकिएको छ भने रुजु गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । कुनै प्राविधिक समस्या नआए मंगलबार नतिजा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

बोर्डले एसइई नतिजा एसएमएस वा वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको जनाएको छ । यस वर्ष चैत १९ गतेदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको थियो । परीक्षामा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए भने जापानबाट पनि २३ जनाले परीक्षा दिएका थिए ।

सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएपछि बोर्डले सोहीअनुसार तयारी गरिरहेको हो । विगतमा भने नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="