दाङ,२१ जेठ । राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि लुम्बिनी प्रदेश सरकारसँग माग गर्ने बजेट र योजनाबारे सरोकारवालासँग छलफल गरेको छ।
बुधबार भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी र स्थानीय सरोकारवालाहरू सहभागी थिए। उनीहरूले विकास योजना, पूर्वाधार निर्माण र जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्।
छलफलमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, सिँचाइ र खानेपानीका योजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिइएको थियो।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय आवश्यकता अनुसार योजना छनोट गरी प्रदेश सरकारसँग बजेट माग गरिने बताए। उनले सबैको सहकार्यबाट विकासलाई प्रभावकारी बनाउन सकिने उल्लेख गरे।
कार्यक्रममा प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलले स्थानीय तहका आवश्यकताअनुसार प्रदेशबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडाध्यक्षहरू तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस