काठमाण्डौ ,२३ जेठ । श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ परेका छन्। काठमाडौको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा बस्ने ईश्वरी भुजेल र उनका श्रीमान् ४२ वर्षीय थापाबीच घरायसी विवादका क्रममा झगडा भएको थियो। झगडाका क्रममा थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनलाई हाल प्रहरी वृत्त बालाजुमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थापा बडीबिल्डर तथा सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित व्यक्ति हुन्।
प्रतिक्रिया दिनुहोस