after_navbar

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजिनामा


११ घण्टा अगाडि


काठमाडौ,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा कर छली प्रकरणमा अर्थमन्त्रीको नाम जोडिएको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइन्। उनले निष्पक्ष र विश्वसनीय छानबिनका लागि मन्त्रीले पदबाट अलग रहनुपर्ने धारणा राखिन्।

ओलीले अघिल्ला घटनाहरू स्मरण गर्दै सरकार आफैंले बनाएको छानबिन समितिले निष्पक्षता नदेखाउने आशंका व्यक्त गरिन्। उनले मन्त्रीकै प्रस्तावमा गठन हुने समितिले ‘सुनपानी छर्कने’ काम मात्र गर्ने भन्दै त्यस्तो प्रक्रिया स्वीकार्य नहुने बताइन्।

यस विषयमा संसदमा यसअघि पनि विवाद हुँदै आएको छ। रास्वपा सांसदहरूले समेत सरकारद्वारा गठित छानबिन समितिप्रति असहमति जनाउँदै बैठक बहिष्कार गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="