after_navbar

गुरुङ र पुनले लिए मन्त्री पदको सपथ


जेठ २६, २०८३


काठमाडौ,२६ जेठ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पद तथा गोपनीयताको सपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सपथ खुवाएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार दुवै जनालाई मन्त्रीमा नियुक्त गरेका थिए।

गुरुङ यसअघि पनि गृहमन्त्री रहिसकेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी विवादपछि उनले राजीनामा दिएका थिए। छानबिन समितिले क्लिन चिट दिएपछि उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो।

पुन यसअघि अन्तरिम सरकारमा शिक्षा मन्त्री भइसकेका छन्। पछिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस

data-href="