दाङ,२८ जेठ ।देशका अधिकांश क्षेत्रमा वर्षा भएपछि तराईसहित सबैजसो ठाउँमा गर्मी घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोसम्म लुम्बिनी,सुदुरपश्चिम सहित तराईमा तातो दिन रहे पनि वर्षापछि तापक्रम घटेको हो। आज र भोलि पनि वर्षा हुने भएकाले भोलिसम्म तातो दिन नहुने जनाइएको छ।
गएको ६ घण्टामा सबैभन्दा बढी वर्षा मधेश प्रदेशको बारामा ६३.४ मिलिमिटर मापन गरिएको छ। चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया र काठमाडौँलगायत क्षेत्रमा मध्यम वर्षा भएको छ।
आज देशभर बदली रही विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ। भोलि र पर्सि केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार भारतमा जुन ४ मा मनसुन प्रवेश भइसकेकाले अब केही दिनमै नेपालको पूर्वी भागबाट मनसुन भित्रिने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस