प्रेसर कुकर पड्किँदा रोल्पामा एक महिला गम्भीर घाइते
२ घण्टा अगाडि
रोल्पा,३ असार । रोल्पामा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा एक महिला गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा परिवर्तन गाउँपालिका–१, कुरेलीकी अन्दाजी २४ वर्षीया रुपा राना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार राना आफ्नो माइतीघर परिवर्तन गाउँपालिका–२, चौधारामा ८ दिनअघि आएकी थिइन्। बुधबार बिहान करिब साढे ७ बजे भान्सामा खाना पकाउँदै गर्दा अचानक प्रेसर कुकर पड्किएको हो।
घटनामा रानाको अनुहार, ढाड, दाहिने हात र बायाँ खुट्टामा गम्भीर जलन र चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइते रानालाई थप उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक सुनील थापा नेपालीले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस