after_navbar

तुलसीपुरमा १०८ कुण्डीय देव यज्ञ सन्चालन


६ घण्टा अगाडि


दाङ,३ असार ।दाङमा पहिलो पटक १०८ कुण्डीय देव यज्ञ सन्चाल नभएको छ। १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर तुलसीपुरस्थित अरणिको मैदानमा पतञ्जलि योग रोग निवारण केन्द्र तुलसीपुरको आयोजनामा उक्त यज्ञ सन्चालन भएको हो।

तीन दिनसम्म सञ्चालन भएको योग शिविर तथा देव यज्ञमा योग साधक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वैदिक मन्त्र उच्चारण, हवन, योग अभ्यास तथा आध्यात्मिक प्रवचन समावेश गरिएको थियो।

पतञ्जलि योग रोग निवारण केन्द्रका अध्यक्ष बामदेव धितालले यस यज्ञले दाङमा योग, ध्यान तथा सनातन संस्कृतिप्रति जनचासो बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रम पतञ्जलि योग रोग निवारण केन्द्रको आयोजना, तुलसीपुर उपमहानगरपालिकाको समन्वय तथा तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्यमा सम्पन्न भएको हो। सहभागीहरूले यस महायज्ञले धार्मिक पर्यटन, सामाजिक सद्भाव तथा आध्यात्मिक जागरणमा नयाँ आयाम थपेको बताएका छन्।

यज्ञको अन्तिम दिनको पहिलो सत्र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले उद्घाटन गरेका थिए। उनले योग र प्रेरणाले व्यक्ति तथा समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे।

तीन दिनसम्म योग गुरु ललितशंकर योगीले सहभागीहरूलाई योग, ध्यान, भक्ति, ज्ञान तथा जीवन व्यवस्थापनका विषयमा प्रशिक्षण तथा प्रवचन दिएका थिए ।

समापन समारोहमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले परिवर्तन आफैँबाट सुरु गर्नुपर्ने उल्लेख गर्दै योग र साधनाले जीवनलाई सरल, स्वस्थ र अनुशासित बनाउन मद्दत गर्ने बताए।

कार्यक्रममा डा. किशोर खत्रीले नियमित बिहानको हिँडाइ तथा जुम्बा अभ्यासले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। साथै, योग गुरु डा. अरुण श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने दाङमा आयोजना गरिएको यस महायज्ञले योग, ध्यान तथा सनातन संस्कृतिको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको आयोजकले विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="