after_navbar

स्कुटरको ठक्करबाट पैदलयात्री घाइते


५ घण्टा अगाडि


दाङ,१९ असार। तुलसीपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते हुनेमा तुलसीपुर-१६ निवासी ३१ वर्षीया सम्झना सेजवाल वली रहेकी छन्। उनको टाउको र दायाँ खुट्टामा सामान्य चोट लागेको छ।

यस्तै, स्कुटर चालक तुलसीपुर -६ निवासी ४६ वर्षीय अम्मर दत्त भट्ट पनि घाइते भएका छन्। उनको दायाँ आँखामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो करिब १ बजे तुलसीपुर-५ वीरेन्द्र चोकदेखि पूर्वतर्फ तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु.प्र.०२-००२ प ४६९९ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको हो।

घाइते दुवैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालकले मादक पदार्थ सेवन गरेको र सवारीसम्बन्धी कागजात साथमा नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="