प्रदेशको वृहत्तर विकासमा एक भएर लागौं: पूर्व मुख्यमन्त्री चौधरी
४ घण्टा अगाडि
दाङ,२४ असार । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशकोे वृहत्तर विकासको लागि सबै एक भएर लाग्नु पर्ने बताएका छन् । लुम्बिनीलाई आर्थिक सामाजिक, साँस्कृतिक विकास र पर्यटकीय प्रवद्र्धन गर्दै समृद्ध प्रदेशको रुपमा लैजानुपर्नेमा सबैको एकता आवश्यकता भएको औंल्याए ।
‘संघीयतालाई बलियो बनाउन प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउनुपर्छ,’ पूर्वमुख्यमन्त्री चौधरीले भने, -‘नीति, विधि, प्रक्रियामा हामी कहाँ चुकेका छौं त्यसको पुनरावलोकन गरौं ।’
संविधान र संघीयताको रक्षागर्दै कहाँ चुकेका छौं भनेर समिक्षा समेत गर्नुपर्ने समय आएको उनको भनाइ थियो । प्रदेश स्थापनाकालमै सुरु गरेका योजना अहिलेसम्म पनि अधुरो अवस्थामा रहनु दुःखको विषय रहेको उनको बताए ।
‘पहिलो पटक प्रदेश स्थापना भएपछि प्रत्येक निर्वाचन क्षेत्रमा दुई ठूला सडक निर्माण योजना सञ्चालन भएका थिए, तर अहिलेसम्म पूरा हुन सकेका छैनन् यो दुखद् विषय हो’ चौधरीले भने। ‘
सत्ता पक्ष दलको नेताको रुपमा बुधवार लुम्बिनी प्रदेश सभालाई सम्वोधन गर्दै चौधरीले यस्तो बताएका हुन । प्रदेशको पहिलचान बोकेका महत्वपूर्ण योजनामा सरकारले प्राथामिकतामा राख्नुपर्ने उनले बताए ।
सरकार र सांसदबाट पनि प्रदेशका पहिचान बोकेका योजना भन्दा फुटकर योजनामा जोडबल बढी रहेकाले यसलाई सुधार गर्नुपर्नेमा जोड दिए ।
अहिले हामी आफै पनि १० लाखका योजनामा केन्द्रित भएका छौ, यसले न सहरको विकास हुन्छ, न त बस्ती विकास हुन्छ, उनले भने, न त ठूला पूर्वाधार र संरचना नै निर्माण हुन्छन । आर्थिक विकास, पर्यटकीनय विकासमा बहस छैन, १० लाखे विकासका योजना परेन भनेर हामी बहस केन्द्रित गर्छौ उनले भने ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तीनवटा महत्वपूर्ण र दुरगामी योजना ल्याएकोमा धन्यवाद दिए । प्रदेश सरकारले बालविवाह मुक्त प्रदेश बनाउन स्थानीय सरकारसँगको सहकार्यमा सञ्चालन गर्ने कार्यक्रम, कृषी उद्योग सम्बन्धी सहुलिय ब्याजमा सहयोग, सूचना र प्रविधिको विकाससँगै युवाहरुलाई रोजगारीमा जोड्ने कार्यक्रम ल्याउनु सकारात्म कार्य भएको बताए ।
रोजगारी र आर्थिक विकासका लागि स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्नुपर्ने चौधरीको भनाइ थियो । आफु सरकारका मन्त्री रहदा र मुख्यमन्त्री हुदा केही महत्वपूर्ण कार्यक्रम र योजना ल्याएको समेत बताए । उनले जिनावनङ ब्राण्डलाई लुम्बिनी सरकारले अबलम्बन गर्नु पर्ने बताए ।
अर्काे प्रसंगमा चौधरीले संसदको गरीमा सांसदहरुले नै जोगाउनु पर्ने भन्दै जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे । संसद भित्रको मर्यादा, भाषा, व्यवहार, शिष्टाचार कायम गरौँ भने मात्रै हाम्रो पनि गरिमा रहन्छ, चौधरीले भने, संसद नै गरिमा बस्न नसकेको को बस्छ , आफनो संगै संविधान र संघीयताको गरिमा पनि ख्याल गरौ ।
संविधान र संघियताको रक्षा गरौ संविधार रक्षा गर्न सकेनौ भने संघीयता कमजोर हुन्छ । चौधरीले प्रजातन्त्रले नीति, विधि, विकास ल्याएको भन्दै यसको सस्थागत संघीयताले गर्नु पर्ने बताए । नेपाली काँग्रेस प्रजातन्त्रको अनुयायी भएको भन्दै प्रजातान्त्रीक अभ्यास गरिरहेको बताए ।
उनले केहि सांसदहरुले सदमा प्रयोग गरेका अशिष्ट शब्दहरुमा व्यांङग्य गर्दे प्रजातन्त्रमा सबैले वोल्न पाउने त गरिमा गुमाउन नहुने बताए । चौधरीले नीति क्षेत्र र सामाजिक क्षेत्रसंगको सहकार्यमा मात्रै राज्यले विकासमा गतिहिलन सकने भएकाले सहकार्यको वातावरण बनाइनु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस