दाङ, २२ असार । राप्ती प्रादेशिक अस्पतालमा बिहीबार एक विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (प्र.मे.सु.) डा. मोहम्मद नुुरुल होदाको संयोजकत्वमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।
अस्पताल परिसरलाई स्वच्छ, सफा र बिरामीमैत्री बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस सरसफाइ अभियानमा अस्पतालका चिकित्सक, नर्स तथा विभिन्न प्रशसनिक कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमका सहभागीहरूले अस्पतालको मुख्य भवन अगाडि तथा परिसरका विभिन्न भागहरूमा पुगेर सरसफाइ गरेका थिए।
वर्षायामको सुरुवातसँगै अस्पताल वरपर फैलिन सक्ने सङ्क्रमण र फोहोरमैलालाई न्यूनीकरण गर्नका लागि अस्पताल प्रशासनले अबदेखि नियमित रूपमा प्रत्येक हप्ताको बिहीबार यस्ता सरसफाइ कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस