गोठमा आगलागी हुँदा ५ वटा बाख्रा घाइते
८ घण्टा अगाडि
दाङ,२६ असार । तुलसीपुर उपमहानगरपालिका–४ मुल्कोटमा एक गोठमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ।
स्थानीय जिबराज पुनको घरमा विद्युत् लाइन सर्ट हुँदा गोठमा आगलागी भएको टोल विकास संस्थाका अध्यक्ष रिखीराम पुनले जानकारी दिएका छन्।
आगलागी आज बिहान करिब ९ बजे भएको हो।
खरको छानो भएको गोठमा लागेको आगोबाट मानवीय क्षति नभए पनि ५ वटा बाख्रा घाइते भएका छन्।
स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए। घर र गोठ सँगै भए पनि घरमा भने आगलागी हुनबाट जोगिएको छ।
प्रतिक्रिया दिनुहोस