after_navbar

शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले गरे मोबिल प्रहार


१२ घण्टा अगाडि


दाङ,२७ असार ।विद्यालय व्यवस्थापन समिति निर्वाचनको विषयलाई लिएर दाङको घोराहीमा एक जना जनप्रतिनिधिले शिक्षा अधिकृतमाथि मोबिल प्रहार गरेका छन्।

घोराही उपमहानगरपालिका-१५ स्थित पद्मोदय माध्यमिक विद्यालयमा व्यवस्थापन समिति निर्वाचनको विवादका क्रममा शिक्षा अधिकृत अजय बोहोरामाथि वडा नम्बर १५ का वडा सदस्य लेखनाथ बुढाथोकीले मोबिल खनाएर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।

घटनापछि वडा सदस्य बुढाथोकी फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार उनको खोजी कार्य तीव्र पारिएको छ।

वडा सदस्य बुढाथोकीले भने विद्यालय व्यवस्थापन समिति निर्वाचन कानुनी प्रक्रिया विपरीत अघि बढाइएको आरोप लगाएका छन्। उनका अनुसार अभिभावकको गणपूरक संख्या पुगेको भेलाबाट निर्णय हुनुपर्ने कानुनी व्यवस्था भए पनि सो प्रक्रिया पूरा नगरी निर्वाचन अगाडि बढाइएको थियो।

शिक्षा अधिकृत बोहोराले उक्त प्रक्रियालाई स्वीकृति दिएको आरोप लगाउदै मोबिल प्रहार गरेका थिए। घटना लगत्तै बुढाथोकी फरार छ। उनको खोजी जारीसंगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="