after_navbar

आज बीपी स्मृति दिवस


श्रावण ०६, २०८३


दाङ,६ साउन। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेस का संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

प्रजातान्त्रिक समाजवादका प्रणेताका रूपमा चिनिने कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो। उनले नेपालको राजनीतिक परिवर्तन र नेपाली साहित्यको विकासमा पु¥याएको महत्वपूर्ण योगदानको स्मरण गर्दै देशभर श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा विविध कार्यक्रम आयोजना गरिएका छन्।

नेपाली काँग्रेस तथा यसका भ्रातृ संस्थाहरूले कोइरालाको विचार, योगदान र आदर्शलाई स्मरण गर्दै विभिन्न रचनात्मक कार्यक्रममार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="