after_navbar

खोलामा बग्दै गरेका बालकको सकुशल उद्धार


२ घण्टा अगाडि


दाङ,३० साउन। दाङमा खोलामा बग्दै गरेका पाँच वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। घोराही उपमहानगरपालिका-१८ ढोरेनीका ५ वर्षीय सुमन परियारलाई प्रहरीले खोलामा बगिरहेको अवस्थामा उद्धार गरेको हो।

खारखोलीबाट बालक बगेको खबर पाएपछि वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक नवराजबहादुर शाहीको कमाण्डमा सात जनाको टोली घटनास्थलतर्फ गएको थियो। प्रहरीले गोदारी भन्ने स्थानमा खोलामा बग्दै गरेका बालकलाई फेला पारी सकुशल उद्धार गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उद्धारपछि बालकलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा लगिएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="