after_navbar

पहिरोले स्काभेटर पुरिँदा चालक घाइते


११ घण्टा अगाडि



दाङ,२९ साउन। सल्यानको कपुरकोट गाउँपालिका-५ खारखोलामा पहिरो खस्दा सडक स्तरोन्नतिको काममा प्रयोग भइरहेको स्काभेटरमा क्षति पुगेको छ भने चालक घाइते भएका छन्।

राप्ती राजमार्गअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेका बेला बिहान करिब ८ः५० बजे माथिबाट गिलो लेदोसहितको पहिरो खसेर भे १-००३ क ७३२१ नम्बरको स्काभेटरको अगाडिको हाइड्रोलिक भाग पुरिएको हो।

पहिरोले स्काभेटरको सिसा फुट्नुका साथै बोनट र ट्याङ्कीमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

स्काभेटर चालक जाजरकोट भेरी नगरपालिका-१० का २८ वर्षीय कर्णबहादुर कामीको कुममा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि तुलसीपुर लगिएको प्रहरीले बताएको छ।

पहिरोका कारण स्काभेटरमा क्षति पुगे पनि सडकमा यातायात भने अवरुद्ध भएको छैन। घटनापछि प्रहरी चौकी कपुरकोटबाट प्रहरी सहायक निरीक्षक हेमराज कार्कीको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको छ। घटनास्थल कपुरकोट प्रहरी चौकीबाट करिब १० किलोमिटर उत्तरमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="