after_navbar

विभिन्न स्थानबाट ६ जना मृत्त फेला


घण्टा अगाडि


दाङ,७ भदौ। देशका विभिन्न जिल्लामा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। नेपाल प्रहरीको केन्द्रीय कार्यालयको बुलेटीन अनुसार आइतबार रूपन्देही, सुनसरी, सिरहा, रुकुम पूर्व र सिन्धुलीमा गरी ६ जना मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ स्थित दानो नदीको छेउमा नाम, थर र वतन नखुलेकी अन्दाजी ६ वर्षीया बालिका शनिबार मृत अवस्थामा फेला परेकी छन्।

त्यस्तै, सुनसरीको इनरुवा नगरपालिका-९ का ३० वर्षीय राजाराम ऋषिदेव सोही ठाउँस्थित शंकरपुर शाखा नहरको छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन्। बराहक्षेत्र नगरपालिका- ९ राजाबास नोजस्थित सप्तकोशी नदीको किनारमा पनि नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन्।

सिरहाको कल्याणपुर नगरपालिका-१२ स्थित बेल्हा चोकको सडक छेउमा नाम, थर र वतन नखुलेका अन्दाजी ३४ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, रुकुम पूर्वको भूमे गाउँपालिका-८ कुचिबाङका ६० वर्षीय वीरबहादुर पुन सोही ठाउँस्थित कुचिबाङ खोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुलीको मरिण गाउँपालिका-२ का ६३ वर्षीय मंगोलध्वज थिङ मरिण गाउँपालिका-३ स्थित भालुमारा मरिण खोला छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

प्रतिक्रिया दिनुहोस

data-href="