after_navbar

ओमानलाई ६० रनमा समेट्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा


२ घण्टा अगाडि


काठमाडौ,२६ भदौ । नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा स्थान बनाएको छ।

मलेसियाको क्वालालम्पुरमा बिहीबार भएको सेमिफाइनलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। ओमानका जतिन्दर सिंहले २५ र जितेन रामानन्दीले १३ रन बनाए।

नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३-३ तथा ललित राजवंशी र रोहितकुमार पौडेलले २-२ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। नेपालका दीपेन्द्रसिंह ऐरीले ५१, बसिर अहमदले ४७, देव खनालले १३ र मोहम्मद आसिफले ११ रन बनाए।

फाइनलमा नेपालले शनिबार यूएईसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यूएईले अर्को सेमिफाइनलमा हङकङलाई ७ विकेटले पराजित गरेको हो।

प्रतियोगिताको उपाधि जित्ने टोली एसिया कपका लागि छनोट हुनेछ भने फाइनलमा पुग्ने दुई टोली र तेस्रो हुने टोली इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछन्।

प्रतिक्रिया दिनुहोस

data-href="