गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा ७२ वर्षीय यमलाल गौतम मृत अवस्थामा फेला परेका छन्।
रेसुङ्गा नगरपालिका-४ निवासी गौतम तम्घास-सिमलटारी सडकखण्डको नालीमा मृत फेला परेको प्रहरीले जनाएको छ। उनी घर जाने गोरेटोको भिरालो बाटोबाट करिब नौ मिटर तल सडकको नालीमा खसेको अवस्थामा भेटिएका थिए।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको जाँचबुझ तथा शव जाँच मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास पठाएको छ।
गौतमको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालय गुल्मीबाट करिब सात किलोमिटर पश्चिममा पर्छ।
प्रतिक्रिया दिनुहोस